धितोपत्र बजारमा ५.५१ अंकको वृद्धि, नेप्से परिसूचक २५२४.५० को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ५१ अंकले बढेर २५२४ दशमलव ५० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अंकले बढेर ४७१ दशमलव २४ को विन्दुमा पुगेको छ ।
 

आज कूल २२८ कम्पनीका ५६ लाख ३८ हजार २७९ कित्ता शेयर रु ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह शुन्य दशमलव ७६ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १७ दशमलव १८ अङ्कले, जलविद्युत उपसमूह २.५३ अङ्कले, निर्जीवन बीमा २५१.५८ अङ्कले, उत्पादन उपसमूह ५७.०४ अङ्कले, अन्य उपसमूह १९.०८ अङ्कले, लघुवित्त उपसमूह ११.८१ अङ्कले र सामूहिक लगनी कोष शुन्य दशमलव ०२ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह १३ दशमलव ३१ अङ्कले घट्दा विकास बैंक उपसमूह २९ दशमलव ९ अङ्कले, वित्त उपसमूह ४.३४ अङ्कले, जीवन बीमा ७१.९६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २५ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x