ज्ञानमाण्डू।ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग बराबरी खेल्दा हारबाट जोगिएको छ । हारको नजिक पुगेको रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
पहिलो हाफ गोल रहित बाराबारीमा सक्किएता पनि दोस्रो हाफको ७८ औ मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउन सफल भएका थिए ।
तर, यता हारको धेरै नजिक पुगेको प्रतिस्पर्धी टोली रियलका लागि इन्ज्युरी समय वास्तविक फलदायी हुन पुग्यो ।इन्ज्युरी समयको थप गरिएको पाँचौँ मिनेटमा रियलका लागि करिम बेन्जेमाले गोल गर्दै हारबाट जोगाउन सफल भए ।
बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका भने गुमाएको छ ।रियल १६ खेलबाट ३५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने भ्यालेन्सिया २७ अङ्क जोडेर आठौँ स्थानमा छ ।समान ३५ अङ्क रहे पनि गोल अन्तरका हिसाबमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।