अन्तरिक्ष चित्रकला प्रतियोगिता

ज्ञानमाण्डू।राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन भट्टराई प्रथम भएकी छिन् । 

भट्टराई ललितपुर लगनखेल स्थित क्याम्पियन स्कुलमा कक्षा आठमा अध्ययनरत छिन् । त्यस्तै कास्की पोखरा स्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा सातमा अध्ययनरत छात्र आशिव गुरुङ दोस्रो, काठमाडौँको गोठाटार स्थित द सेलिब्रेसन को एड स्कुलमा कक्षा सातमा अध्ययनरत छात्र अमन बस्नेत तेस्रो र काठमाडौँकै छाउनी स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा सरिता रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

विजयी छात्र छात्रालाई राजधानीमा सोसाइटीको १३ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिनेछ । पहिलो हुनेलाई टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेलाई तक्मा र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलोलाई काठमाडौँ स्थित मेक इन्जिनियरिङ कलेजले २०७५ सालदेखि प्रोत्साहन स्वरूप टेलिस्कोप पुरस्कार प्रायोजन गर्दै आएको छ । 

आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि वि. सं. २०७४ देखि हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । आधारभूत तहदेखि नै विद्यार्थीमा वैज्ञानिक खोज अनुसन्धानप्रति रुचि जागोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको सोसाइटीले जनाएको छ । प्रतियोगितामा देशभरका १०७ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x