एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने

ज्ञानमाण्डू।बहुचर्चित एवं बहु प्रतीक्षित एकीकृत भन्सार जाँच चौकी मङ्गलवारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलवार एकै समयमा ‘स्विच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए । 

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि सुरु भएको हो । 

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्व १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँच चौकीबाट सुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ । जाँच चौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x