सिटिजन्स बैंककाे नाफा ६८ करोड ७७ लाख

ज्ञानमाण्डू।  सिटिजन्स बैंक इन्टरनेसनलको नाफा १०.७३ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ७७ करोड ३ लाख नाफा कमाएको थियो भने अहिले ६८ करोड ७७ लाख नाफा कमाएको देखिन्छ । 



८ अर्ब ६२ करोड २१ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंक इन्टरनेसनलले ७५ अर्ब ५९ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ९ करोड ८१ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ३ अर्ब ५४ करोड ६६ लाख ७८ हजार रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले घटेर १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.९९ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा छ र मूल्य आम्दानी अनुपात १२.४१  गुणा छ ।

As on  29th Poush 2076 BS

विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ८,६२,२१,९७
निक्षेप संकलन
रू ७५,५९,३३,६३
कर्जा लगानी
रू ६९,०९,८१,२५
खुद ब्याज आम्दानी
रू १,४३,८०,००
नाफा/(नाेक्सान)
रू ६८,७७,०१
जगेडा कोष
रू २,८८,३१,९५
संचित मुनाफा
रू ६६,३४,८३
निष्कृय कर्जा
०.९९%
प्रतिशेयर आम्दानी
१५ रुपैयाँ ९५ पैसा
प्रतिशेयर नेटवर्थ
१४१ रुपैयाँ १३ पैसा
आम्दानी अनुपात
१२.४१  गुणा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x