अपाङ्गमैत्री प्रदेश बनाइने

ज्ञानमाण्डू।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नव निर्माण भएका भौतिक संरचना अपाङ्ग मैत्री भएको बताएका छन् ।

अपाङ्ग रोकथाम तथा पुनः स्थापना कार्यक्रममा आज यहाँ उनले अपाङ्ग मैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए । उनले अपाङ्ग भएका व्यक्तिको पुनः स्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि स्वस्थ र समुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिहरूलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले जानकारी दिएका छन् । 

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले प्रदेश सरकारले शुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

करुणा फाउन्डेसनका अध्यक्ष प्राडा भगवान् कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा पुग्ने बताए। 

सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा सुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ पालिकामा यो अभियान लागू हुनेछ । 

पहिलो चरणमा मोरङ, सुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ । सोही अवसरमा ह्विल चियरमा विश्व यात्रा गरेका ओखलढुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजारसहित सम्मान गरिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x