संस्कृत विश्वविद्यालयमा विद्यावारिधि कक्षा शुरु

ज्ञानमाण्डू।दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधि (पिएचडी)को कक्षा सुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा सञ्चालन गरेको भए पनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर आजदेखि विद्यावारिधिको कक्षा शुरुआत गरेको जनाएको हो । 

विश्वविद्यालयका उपकुलपति रमेश ढकालले दाङमै विद्यावारिधि सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको बताए । उनले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन सुरु भएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्माले विद्यावारिधिका बारेमा जानकारी दिँदै दाङमै विद्यावारिधिको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । विश्वविद्यालयमा गणित, राजनीतिशास्त्र, अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विषय र योगचिकित्सामा विद्यावारिधिको अध्ययन हुनेछ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x