धितोपत्र बजारमा ५.७५ अंकको वृद्धि, नेप्से परिसूचक ३१६०.०९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बढेर ३१६० दशमलव ०९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ५६ अंकले बढेर ५९२ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

आज कूल २२७ कम्पनीका २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड ०८ लाख ९७ हजार ९३८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह ६४ दशमलव ७३ अङ्कले बढ्दा विकास बैंक उपसमूह ७४ दशमलव ७३ अङ्कले, जलविद्युत ४०.१२ अङ्कले, उत्पादन उपसमूह १५८.९८ अङ्कले, अन्य उपसमूह ३.६ अङ्कले, लघुवित्त उपसमूह ५६.८२ अङ्कले र लगानी उपसमूह २.६८ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ११ दशमलव ३३ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ३२ दशमलव ७३ अङ्कले, वित्त उपसमूह २८.५१ अङ्कले, निर्जीवन बीमा ३७.३६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र जीवन बीमा १७२.८७ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x