
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार तिनाउ मिसन डिभलपमेण्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । तिनाउ मिसन डिभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो। तिनाउ मिसन डिभलपमेण्ट बैंक लिमिटेडको कुल जम्मा १० लाख ८७ हजार ८७६.३२०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
