आइएमई पे’ को नेपालमा पैसा हातैमा पायोसँगै रु. ५० को बोनस खायो योजना

ज्ञानमाण्डू।आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फेब्रुअरी २२ देखि अगस्ट २२, २०२० (छ महिना) सम्म लागु गरिएको छ । 

यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्नुहुने सेवाग्राहीहरूले ३ पटकसम्म निशूल्क सेवाशूल्कमा पैसा पठाउन सक्ने छन् । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरू रहेका छन् । यसका लागि प्राप्तिकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे ’ डाउनलोड गरेको डाउनलोड गरेको हुनुपर्दछ ।

जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरी नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।


आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः

झन्डै २५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आईएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बिचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (QR ) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैङ्कको सुविधाबाट वञ्चित तथा न्यून बैङ्किङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको कुरा कम्पनीले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x