स्वास्थ्य प्रतिष्ठानसँग छैन एम्बुलेन्स

ज्ञानमाण्डू।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुन सकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन । 

एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो । विसं २०७४ असोज २९ गते प्रतिष्ठान बनेको थियो । हालसम्म प्रतिष्ठानले नयाँ एम्बुलेन्स खरिद गर्न नसकेको र पुरानोलाई मर्मत गर्नसमेत नसकेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । “उपक्षेत्रीय हुँदा नै एम्बुलेन्स बिग्रिएको थियो”, प्याकुरेलले भने, “तर प्रतिष्ठान बनेको दुई वर्ष बितिसक्दा मर्मत हुन सकेको छैन ।”

मर्मत गर्दा धेरै खर्च लाग्ने तथा नयाँ खरिद गर्ने विषयमा तयारी नभएको समेत प्याकुरेलले बताए । “अहिले पुरानो एम्बुलेन्स मर्मत गर्न सकिने अवस्था छैन, महँगो खर्च हुन्छ”, उनले भने , “नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा तयारी छैन ।” प्याकुरेलका अनुसार एम्बुलेन्सका लागि दाताको सहयोगको अपेक्षा प्रतिष्ठानले गरेको जनाइएको छ । 

निजी एम्बुलेन्समा आउँदाको पीडा: 

प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउनुभएकी घोराहीका कल्पना केसीले महँगो भाडा तिरेर अस्पताल आउनुपरेको गुनासो गरिन् । केसीले भनिन्, “प्रतिष्ठानले एम्बुलेन्स सञ्चालन गरेको भए केही सहज र सुलभ रकममा यहाँसम्म आउन सजिलो हुन्थ्यो ।” रातको समयमा स्वास्थ्यमा जटिल समस्या आइहाले एम्बुलेन्स पाउन धौधौ पर्ने केसीले जानकारी दिइन्  । अहिले जिल्लामा तुलसीपुर अस्पताल प्रालिले मात्रै एम्बुलेन्स सेवा दिँदै आएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x