लकडाउन: पशु चौपाया भोकै !

ज्ञानमाण्डू। “यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । यिनको केही व्यवस्थापन गरिदिए कस्तो राम्रो हुन्थ्यो”, स्वयम्भूनाथ परिसरमा भेटिएका खुद्रा व्यापारी ईश्वर बस्नेतको भनाइ हो यो । मन्दिर व्यवस्थापन समिति र पुजारीले साँझ बिहान सामान्य खानेकुरा दिए पनि यी जनावर लामो समयदेखि भोकै छन्, यिनको व्यवस्थापन कसरी गर्ने होला, ती व्यवसायीको आँखामा चिन्ता मिश्रित चासो देखिन्थ्यो । 

कोरोनाको त्रासका कारण सरकारले साताव्यापी लकडाउन गरेको छ । विषम् अवस्थालाई ध्यानमा राखेर सरकारले नागरिकलाई दैनिक उपभोग्य वस्तुको जोहोसमेत गरिरहेको छ । त्यसका लागि आवश्यक संयन्त्रसमेत क्रियाशील छ । 

धादिङ सल्यानटार स्थायी घर भएका बस्नेत आफूहरुसँग पनि खानेकुरा सकिन लागेको र केही गर्ने अवस्था नरहेको गुनासो गर्नुहुन्छ । मानिसका नजिकका मित्र मानिएका घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया भने लकडाउनको समयमा भोकभोकै रहेका छन् । मानवीय चहलपहल कम भएपछि ती पशु तथा चौपाया भोकै बस्दा उनीहरु थप आक्रामक हुने र नजिकका घर तथा बस्तीमा समेत प्रवेश गर्ने सम्भावना बढेर गएको छ । 

उनीहरुको व्यवस्थापन गर्दै भोक मेटाउनेतर्फ विशेष ध्यान दिनुपर्ने अवस्था देखिएको छ । स्वयमम्भूनाथ मन्दिर परिसरमा स्थानीय पुजारीले साँझ तथा बिहान दुई पटक त्यहाँ रहेका पशु चौपायालाई सामान्य खानेकुरा दिए पनि उनीहरु भोकै पर्दा थप आक्रामक हुने सम्भावना रहेको स्वयम्भूनाथ चैत्यका पुजारी प्रकाश बुद्धाचार्यको भनाइ छ । 

बुद्धाचार्यले भने, “भएसम्म हामीले बिहान बेलुका बाँदर र कुकुरलाई थोरैथोरै खानेकुरा त दिएका छौँ । यिनीहरु लामो समयदेखि भोकै छन् । थप व्यवस्थापनको जरुरी छ ।” बाँदरलाई भुटेको कालो भटमास दिने गरेको बताउँदै पुजारी बुद्धाचार्यले खान नपाउँदा यहाँका कुकुर आक्रमक हुन थालेको र कोही देख्ने बित्तिकै झम्टन थालेको जानकारी दिए । 

स्वयम्भूनाथ परिसरमा एकाध मान्छे मात्रै छन् । उनीहरुसँग पनि आफूलाई पुग्ने मात्रै खाद्यान्न छ । त्यसकारण, उनीहरुलाई खान दिने सामग्रीसमेत छैन । “५९ वर्षीय बुद्धाचार्यले भने, “भएसम्म त दिने न हो, आफूलाई नै नभएपछि कसरी खुवाउने जनावरलाई ?” स्वयम्भूनाथको व्यवस्थापन गर्दै आएको स्वयम्भूनाथ व्यवस्थापन तथा संरक्षण महासमितिले पनि हेरिदिनुपर्ने बुद्धाचार्यको भनाइ छ । पुजारीले केही दिएर मात्रै हुने अवस्था नभएकाले सरकार तथा स्थानीय निकायलेसमेत सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

लकडाउनका कारण स्वयम्भूनाथ क्षेत्रमा भइरहेको पुनःनिर्माणको कामसमेत रोकिएको छ । बुद्धाचार्यका अनुसार स्वयम्भूनाथ क्षेत्र लकडाउनपछि सुनसान छ । पुजारीका घरमा मात्रै एकाध मान्छे बसेका छन् । छिमेकी देश भारतमा समेत लकडाउनको समयमा पशु, चौपायाको खानपानको व्यवस्था गर्न माग गरिएको छ । एकाध कलाकारले त्यसको नेतृत्व गरेका छन् । उनीहरुले मानवीय सेवासँगै पशु चौपायाको समेत ख्याल गर्न आग्रह गरेका छन् । नेपालमा भने हालसम्म त्यस्तो कुनै पहल भएको छैन । सरकारले समेत पशुचौपायाको सम्बन्धमा सोच विचार राखेको जानकारी आएको छैन । 

स्वयंसेवीले भने सामान्य प्रयास थालेका छन् । मानवमित्रका रुपमा रहेको पशुचौपायालाई खाना खुवाउन पहल भएको पशुपक्षीप्रति निरङ्कुशता रोकावट समाज नेपालका प्रतिनिधि बीना पन्तले जानकारी दिइन् । काठमाडौँ उपत्यका लगायत विशेष गरी शहरी क्षेत्रका मासु पसल नजिक कुकुर रहन्थे भने तरकारी तथा फलफूल पसल अघिल्तिर गाईबस्तु तथा चौपाया रहने गर्र्थे । लकडाउन पछि ती सबै पसल बन्द भएका छन् । 

एनिमल नेपाल, प्रोजेक्ट ह्यूमन नेपाल लगायतका संस्थाले केही पहल गरे पनि पुग्दो हुन सकेको छैन । पन्तले भनिन्, “हामीले काठमाडौँ उपत्यकालाई विभिन्न क्षेत्रमा बाँडेर पशु चौपायालाई खाना खुवाउने व्यवस्था गरेका छौँ । दैनिक एकपटक खुवाउने कि, एक दिन बिराएर खुवाउने भन्ने विषयमा भने लकडाउनको अवधि हेरेर निर्णय गर्छौं ।” 

पशुपतिनाथ मन्दिर परिसरमा रहेका बाँदर तथा चौपायाका लागि सम्बन्धित निकायले नै पशुचौपायालाई खुवाउने प्रबन्ध गरेको छ । यस्तै स्वयम्भूनाथ क्षेत्र तथा राधजानीका अन्य क्षेत्रमा पनि आवश्यक व्यवस्था मिलाउने प्रयास भइरहेको पन्तको भनाइ छ । उनले कुकुरलाई बिस्कुट, पाउरोटी तथा अन्य जे उपलब्ध हुन्छ, सोही सामग्री खुवाउने र गाई तथा अन्य चौपायाका लागि तरकारीको पात तथा पानीको प्रबन्ध गरिएको छ । लकडाउनको समयमा आफू पनि बँच्ने र पशु चौपायालाई पनि बचाउन सबैले सक्दो सहयोग गर्न पन्तले आग्रह गरेका छन् । 

व्यवसायी कल्याण भण्डारी ललितपुरको सैबुमा गाई फार्म सञ्चालन गर्नुहुन्छ । लकडाउनका कारण गाईलाई घाँस पु¥याउन नसक्दा विगत पाँच दिनदेखि गाई भोकै रहेको र फार्ममा रहेका केही घाँसले मात्रै उनीहरुलाई जेनतेन धानेको उनको भनाइ छ । 

विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिसकेको छ । महासङ्घले मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । 

छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रूपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेको भनाइ छ । “गौमाताको जीवनरक्षामा सरकार असंवेदनशील भई गाई फार्ममा दाना तथा खाद्य पदार्थ पु¥याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन”, महासङ्घको भनाइ छ । गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले माग गरेको छ । रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x