‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ साउन अन्तिम साता हुने


ज्ञानमाण्डू।यही साउन २७ र २८ गते काठमाडौँमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको हो। 

युवाहरूलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए। उनले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी युवाहरूलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सो सम्मेलन सफल हुने विश्वास पनि व्यक्त गरे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा छनोटमा परेका ५ सय भन्दा बढो युवा उद्यमीहरू सहभागी हुनेछन्। सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने सो सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया पनि हुनेछ। 

अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका सफल व्यवसायीहरूले पनि आफ्ना सफलताका कथाहरू प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नेपालले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x