व्यवसाय विस्तारमा आक्रामक देखिएको रिलायबल लाइफको बीमा शुल्क आर्जनमा ४६.२३ प्रतिशतको वृद्धि | Reliable Nepal Life Insurance

reliable nepal life insurance

ज्ञानमाण्डू। रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको नाफा १.४४ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा कम्पनीले १८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । एक्चुरी मूल्याङ्कन पछि भने कम्पनीको नाफा बृद्धि हुने गरेको छ ।

१ अर्ब ४० कराेड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ४६.२३ प्रतिशतले वृद्धि भएर १ अर्ब ३१ करोड रुपैयाँबाट १ अर्ब ९२ करोड रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जीवन बीमा कोष ८९.२८ प्रतिशतले वृद्धि भएर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले बीमा लेख संख्या २६ लाख ७८ हजारबाट बढाएर ४६ लाख ९४ हजार पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई २८ कराेड ९३ लाख रुपैयाँ कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x