
ज्ञानमाण्डू। गण्डकी विकास बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ती गर्ने (Acquisition) सम्बन्धी अन्तिम सम्झौता पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर कार्यक्रमा मेगा बैंक नेपालका दुई संचालकहरू, गण्डकी विकास बैंकका संचालक समितिका अध्यक्ष सहित सम्पुर्ण संचालकहरु लगायतकाे उपस्थिति रहेकाे थियाे । प्राप्ती पश्चात मेगा बैंक नेपाल नेपालका वाणिज्य बैंकहरु मध्येकाे एक अग्रणी बैंक बन्ने छ ।