आज सम्म कायम शेयरधनीले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाकाे साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३१ गते तेस्राे वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २३ गते देखि असार ३१ गते आठ दिनका लागि स बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार २२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कुश्मा पर्वतमा दिउँसो ०१:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। आर्थिक वर्ष २०७८/०७९ को संस्थाको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्तीको अनुमोदन गर्ने र सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन पनि साेही सभाले पारित गर्ने छ।

नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैकिङ्ग सम्वन्धि कार्यहरु गर्ने, अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रुपमा संलग्न सञ्चालकको मासिक पारिश्रमिक तथा अन्य सुविधा वृद्धि गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने विषयलाई पनि दर्साउने छ।

सभाले यस कम्पनीले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्ने तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ताको नियुक्त पारित गर्नेछ ।

त्यसै गरी यस कम्पनीले निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x