विपदबाट जोगिन पूर्वसूचना प्रणाली

ज्ञानमाण्डू।बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्व सूचना प्रणालीले विपदबाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ ।

विपद् पूर्व सूचना कार्यविधि २०६७ लागू गरेर पूर्व सूचना संयन्त्रको विकास गरिएको हो । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत चेतन खड्का पूर्व सूचना प्रणालीका कारण बाढीबाट हुने क्षति न्यूनीकरण भइरहेको जानकारी दिए । अधिकृत खड्काले भने , “कैलालीमा पूर्व सूचना प्रणालीले राम्रो काम गरेको छ । समयमै सूचना पाउँदा धेरै धनजनको क्षति हुनबाट जोगाएको छ ।” 

कैलालीमा उपल्लो तथा मध्य तटीय क्षेत्रमा १६ स्थानमा नदी मापन अवलोकन केन्द्र र १९ स्थानमा वर्षा मापन अवलोकन केन्द्र बनाइएका छन् । वर्षा याममा यी केन्द्रमा खतराको सङ्केत अवलोकन गरेर खटिएका कर्मचारीले तल्लो तटीय क्षेत्र र सङ्कटासन्न क्षेत्रमा पूर्वतयारीका लागि सूचना प्रवाह गर्ने काम गर्छन् । नदी मापन अवलोकन केन्द्र लिक्मा वडैपुरका डम्बर नेपाली दिनमा तीन पटक सूचना दिने गरिरहेको जानकारी दिए । “दिनमा तीन पटक नदी मापन गर्छौँ । त्यसको रेकर्ड राख्ने काम गर्छौँ र तल्लो क्षेत्रमा सूचना प्रवाह गर्छौँ”, नेपालीले भने , “बाढी आएको समयमा घण्टाघण्टामा मापन गर्ने र सूचना दिने काम गरिन्छ ।” 

डम्बर जस्तै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्व सूचना केन्द्र कर्णाली चिसापानीकी गेज रिडर पार्वती गुरुङले पनि पूर्व सूचना लिनेदिने काम गरिरहेका छन् । “नदीमा पानी बढेको समयमा स्टेशनमै गएर बस्छु, आधा/आधा घण्टामा पानी बढेको मापन गर्ने काम गर्छु”, नेपालीले भने, “यसका साथै दिपायलको सेती नदी, भेरी नदीको पानी मापनको सूचना लिने गर्छु र बर्दिया जिल्लाको पाताभार, र्दौलतपुर, कैलालीको टीकापुरका विभिन्न सूचना प्रणालीका संयोजक, प्रशासन, स्थानीय तह र रेडक्रसलाई सूचना दिने काम गर्छु ।” 

तल्लो तटीय क्षेत्रमा रहेका सूचनाकर्ताले माथिल्लो क्षेत्रमा रहेका बाढी अवलोकनकर्ताबाट लिएको सूचना स्थानीयस्तरमा पुर्‍याउने काम गर्छन् । “यही प्रणालीको विकास गरेकाले बाढीबाट समुदायमा हुने क्षति कम गर्न सजिलो भएको छ”, टीकापुर–७ बैद्धिका पूर्व सूचना प्रणालीका संयोजक वासुदेव कोइराला भन्छन् , “हामी यसरी परिचालन हुन्छौँ कि बाढीको जोखिम बढेमा समुदायमा सूचना पुग्न १५ मिनेट लाग्छ ।” 

जिल्ला प्रशासन कार्यालयको भवनभित्रै पूर्व सूचना केन्द्र स्थापना गरिएको छ । यसले कर्णाली र मोहना नदीको जलस्तर तथा निगालीको वर्षाका बारेमा जानकारी दिने गरेको छ । पूर्व सूचना प्रणालीका कारण कैलालीमा बाढीबाट हुने क्षति घटाउन ठूलो सहयोग पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । “पूर्व सूचना प्रणालीअनुसार नै उद्धार संयन्त्र पनि परिचालन हुने गर्छ”, प्रमुख जिल्ला अधिकारी बोहराले भने , “पानीको बहाव तल्लो क्षेत्रसम्म पुग्दा समय लाग्छ । समयमै सूचना गरिए पानीको बहाव तल्लो क्षेत्रमा पुग्दासम्म बस्तीलाई उद्धार गर्न वा सुरक्षित स्थानमा सार्न सकिने भएकाले यो प्रणाली प्रभावकारी छ ।” 

जिल्लामा साना नदी धेरै भए पनि कर्णाली, मोहना, पथरैया, कन्द्रा र काँडा नदीले वर्षेनी बाढीको जोखिम बढाउँछ । वर्षेनी बाढी तथा नदी कटानका कारण यहाँ ठूलो धनजनको क्षति हुन्छ । कर्णाली चिसापानीमा १० मिटर पानी पुगेमा चेतावनी तह र ११ मिटर खतरा तह मानिन्छ भने मोहना नदीमा दुई मिटर चेतावनी तह तीन मिटर खतराको सङ्केत मानिन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x