
मङ्गलवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ हजार ९ सयले घटेर रु २ लाख ३७ हजारमा पुगेको छ।
सोमवार प्रतितोला रु २ लाख ३९ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज घटेर रु २ लाख ३७ हजारमा कायम भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमवार रु २ हजार ९८० मा कारोबार भएको चाँदी आज रु ६० ले घटेर प्रतितोला रु २ हजार ९२० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला २ हजार ९०० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
