स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी सञ्चालन गर्न कार्यदलको आग्रह

ज्ञानमाण्डू। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठन सम्मिलित कार्यदलले स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

कार्यदलले संयुक्त विज्ञप्ति जारी गरी जिल्ला–जिल्लामा सवारी साधन सञ्चालन गर्दा एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुले धेरै दुःख भोग्नुपरेको भन्दै स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो । “एक जिल्लाबाट अर्को जिल्लामा जाँदा झिटिगुन्टा, बालबच्चा बोकेर घामपानी नभनी हिँडिरहेका छन्, वृद्धवृद्धा र बालबच्चाको अवस्था पीडादायी हुँदै गएको छ, यसरी हिँड्दा कोरोनाको सङ्क्रमण दरसमेत बढ्न जाने देखिन्छ, त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर सार्वजनिक यातायात निर्वाध ढङ्गले चल्न दिन आग्रह गर्दछौँ”, कार्यदलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यदलले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रुटमा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा सार्वजनिक सवारी साधन सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारी साधनले चर्को भाडा लिएर यात्रु ओसारेको भन्दै भाडाका सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिन आग्रह गरे ।

कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएको यातायात सहज रुपमा सञ्चालनका लागि सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदुर सङ्गठनका अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x