सर्वाधिक उचाइमा पुगेको बजार सकारात्मक गतिमा, सपोर्ट र रेसिस्टेन्स कस्तो ?

ज्ञानमाण्डू।आज साताको तेस्रो कारोवारी दिन बजारमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचकमा २९ दशमलव २३ अङ्कको वृद्धि देखिएको छ । बजार परिसूचक नेप्से आज शून्य दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । बजार ३०७९ दशमलव ६६ को सर्वाधिक उच्च विन्दुमा कायम हुँदै बन्द भएको छ ।

कारोवार रकम पनि आकर्षक वृद्धि हुँदै १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ पुगेको छ । आज २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर खरिदबिक्री भएका छन् ।

आज १३ उपसूचक मध्य ९ उपसमूहमा वृद्धि देखिएको छ । उत्पादन कम्पनीहरूको उपसूचकमा सर्वाधिक ४ दशमलव ७४ प्रतिशतको वृद्धि देखिको छ भने दोस्रोमा जलविद्युत कम्पनीहरूको उपसूचकमा ३ दशमलव ७४ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै, फाइनान्स कम्पनीहरूको उपसूचकमा २ दशमलव ८४ प्रतिशतको वृद्धि देखिको छ । यता लघुवित्तहरूको उपसूचकमा भने २ दशमलव ०६ प्रतिशतको गिरावट देखिएको छ ।

बजारले जुन १५ का दिन कायम गरेको सर्वाधिक उच्च विन्दु ३०६४ लाई उछिन्न सफल हुँदै हाल सम्मकै सर्वाधिक उच्च विन्दु ३०७९ दशमलव ६५ मा कायम भएको छ। प्राविधिक दृष्टिकोणबाट हेर्दा ३०६४ को विन्दु पार गर्दा नेप्सेले एउटा निकै ठुलो अवरोध उछिन्दै सकारात्मक गतिमा हिँडेको आकलन गर्न सकिन्छ।

गत साताको अन्तिम तिन कारोवारी दिनहरूलाई प्राविधिक दृष्टिकोणबाट हेर्दा बजारले ३०६४ को विन्दुलाई अवरोधको रूपमा लिएको देखिएको थियो भने २९८० को विन्दुले बजारलाई निकै राम्रो टेवा पुर्‍याएको थियो। गत साता बजार ३००४ को विन्दुमा कायम हुँदै बन्द भएको थियो। चालु साताको पहिलो कारोबारी दिन बजारले सकारात्मक गति लिँदै ३०३४ को सानो अवरोधलाई उछिन्दै कारोवार रकम सहित एउटा आकर्षक वृद्धि देखाएको थियो। हिजो बजार केही अङ्क घटे पनि बजारले ३०६४ को अवरोधलाई तोड्न सफल हुँदै ३०७६ को सर्वाधिक उच्च विन्दुमा पुगी ३०५० को विन्दुमा बन्द भएको थियो। हिजो ३०५० को विन्दुमा बन्द भएको बजार परिसूचक नेप्सेको लागि ३०७६ को सर्वाधिक उच्च विन्दु अवरोधको रूपमा सृजना भएको थियो भने ३०३४ को विन्दुले बजारलाई टेवा दिने लक्षण देखाएको थियो।

आज ३०३० को विन्दुमा खुलेको बजार इन्ट्राडे चार्ट हेर्दा ३००० वरिपरिको तल्लो विन्दुमा पुगेको थियो भने अघिल्लो कारोवारी दिन सृजना भएको ३०७६ को अवरोधलाई तोड्न सफल हुँदै ३०८५ को सर्वाधिक उच्च विन्दुमा पुगी ३०७९ को विन्दुमा कायम भएको छ। आजको बजार प्राविधिक दृष्टिकोणबाट हेर्दा ३०७९ को विन्दुमा बन्द भएको बजारले ३०८५ को विन्दुलाई अवरोधको रूपमा लिएको देखिन्छ भने ३०६४ को विन्दुले बजारलाई टेवा पुर्‍याउने देखिन्छ। आकर्षक कारोवार रकम पनि आएको तथा बजारले निरन्तर अवरोधहरुलाइ तोड्न सफल हुँदा बजारको यात्रा माथिको नै आकलन गर्न सकिन्छ। तर, बजारमा हुने एउटा अनिश्चित प्रवृत्तिलाई मध्यनजर गर्दा भोलिको दिनमा बजार घटी हाल्यो भने पनि बजारलाई ३०६४ को विन्दुले नजिकैको टेवा पुर्‍याउने देखिन्छ भने बजार निरन्तर ओरालो लाग्ने लक्षण देखायो भने २९८० को विन्दुले टेवाको भूमिका पुराउने बुझ्न सकिन्छ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x