
कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हातधुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गरिएको छ । महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।रासस