मध्यम वर्गीय जनताको लगानीमा समावेशी चरित्र र छुट्टै पहिचान बोकेको मेगा बैङ्क नेपाल

छरिएर रहेको सानो पुँजीलाई सङ्गठित रूपमा एकीकृत गरी आम नेपालीले आर्थिक सामाजिक क्षेत्रका ठुला प्रतिष्ठानहरू पनि स्थापना गर्न सक्दछन् भन्ने कुराको ज्वलन्त उदाहरण हो मध्यम वर्गीय सर्वसाधारण नेपालीहरूद्वारा स्थापित मेगा बैङ्क नेपाल।

 
मुलुकको सामाजिक आर्थिक रूपान्तरणको निमित्त स्तरीय बैंकिङ्ग सेवा नेपालका विभिन्न ठाउँहरूमा पुर्‍याउने गहन सोचका साथ मध्यम वर्गीय जनताको लगानीमा समावेशी चरित्र र छुट्टै पहिचान बोकेको अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधा सहितको राष्ट्रियस्तरकाे “क” वर्गको २८ औँ वाणिज्य बैङ्कको रूपमा वित्तीय कारोबार सञ्चालन गर्न २०६७ श्रावण ४ गते मेगा बैङ्क नेपालले राष्ट्र बैङ्कबाट ईजाजतपत्र प्राप्त गरी मिति २०६७ श्रावण ७ गते शुक्रवारका दिन देखि बैंकिङ्ग कारोबार शुभारम्भ गरेको थियो।  
 
हाल नेपाल इन्भेष्टमेण्ट बैङ्कसँग मर्जर प्रक्रियामा रहेको मेगा बैङ्क नेपालको स्थापनाको क्रममा नेपाल राष्ट्र बैङ्कमा आवेदन दर्ता पूर्व ‘हाम्रो बैङ्क लिमिटेड’ को नामबाट कामकारबाही प्रारम्भ भएको तथा आवेदन दर्ता गर्ने तयारीको क्रममा उक्त नाम अन्य वित्तीय संस्थाको नामसँग मिल्दो जुध्दो भएका कारण ‘मेरो बैङ्क लिमिटेड’ को नाममा दर्ता भएको र लाईसेन्सिङ्ग प्रक्रिया अगाडी बढ्दै जाने क्रममा बैङ्क अफ नेपाल, नेपाल विजनेश बैङ्क लिमिटेड हुँदै अन्तमा बैङ्कको नाम ‘मेगा बैङ्क नेपाल लिमिटेड’ कायम भएको थियो। 
 
स्थापनाको पहिलो वर्ष १ अर्ब ६३ करोड शेयर पुँजीबाट “हलो देखि हाइड्रो सम्म समावेशी जरैदेखि” नाराका साथ सुरु भएको मेगा बैङ्क नेपाल हाल १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैङ्क बन्न सफल भएको छ साथै हाल नेपाल इन्भेष्टमेण्ट बैङ्कसँग मर्जर प्रक्रियामा रहेको छ भने मर्जर प्रक्रिया सम्पन्न भए पश्चात् नेपालकै ठुलो बैङ्क मध्येको एक हुने देखिन्छ। गत जेष्ठ २७ गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता अनुसार नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क नेपाल सय बराबर नब्बेको शेयर आदानप्रदान अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जर पछि बैङ्कको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड” रहने र दुवै बैङ्क एक भएपछि बैङ्कको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड कायम हुने देखिन्छ। 
 
स्थापनाको पहिलो वर्षमा १३ वटा शाखा सञ्जाल विस्तार गरी कारोबार सञ्चालन गरेको मेगा बैङ्क नेपालले हाल २०८ शाखा, १४६ एटिएम, ६० शाखा रहित बैंकिङ्ग सेवा तथा २५ एक्सटेन्सन काउन्टरबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।  सञ्चालनको पहिलो वर्ष १०३ जना कर्मचारीबाट सुरु भएको यस बैङ्कमा हाल अठार सय भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।
 
बैङ्क स्थापनाको क्रममा औपचारिक सञ्चालक समिति गठन नहुँदासम्म सबै कार्यलाई संयोजन गर्नका लागि १४ सदस्यीय समन्वय समिति गठन भएको थियो । त्यस पश्चात् बनेको औपचारिक सञ्चालक समितिमा प्रा.डा.मदन कुमार दाहाल, डा.दुमन थापा, प्रा.डा.गोविन्द नेपाल,भोज बहादुर शाह, मुक्ति राम पाण्डे, गोपाल खनाल, इन्द्र बहादुर मल्ल ठकुरी, रामेश्वर सापकोटा र विजय सम्वाहाम्फे गरी बैङ्कमा ९ सदस्यीय सञ्चालक समिति रहेको थियो ।
 
बैङ्कको पहिलो प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह रहनुभएको थियो भने पहिलो वर्ष देखि बैङ्कको उच्च व्यवस्थापनमा निम्न बैंकरहरूले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो।
  • अनुपमा खुञ्जेली, प्रमुख सञ्चालन अधिकृत
  • गोविन्द गुरुङ्ग, प्रमुख कर्पोरेट बैंकिङ्ग
  • रवीना देशराज श्रेष्ठ, प्रमुख उपभोक्ता बैंकिङ्ग तथा कर्पोरेट अफेयस
प्रबन्धकहरू:
  • तुल्सी राम पोखरेल, कम्पनी सचिव तथा प्रमुख आन्तरिक लेखा परीक्षण
  • डेनी श्रेष्ठ, प्रमुख विश्व बजार तथा ट्रेड फाइनान्स
  • सुजित ढकाल, प्रमुख उपभोक्ता कर्जा तथा शाखा प्रबन्धक नयाँ बानेश्वर
  • प्रद्युमन पोखरेल, प्रमुख निक्षेप, विप्रेषण तथा कार्ड
  • राजुकृष्ण श्रेष्ठ, प्रमुख प्रशासन तथा सञ्जाल विस्तार
  • रमेश खडका, प्रमुख वित्त तथा योजना
  • विद्याकान्त अधिकारी, प्रमुख कानून तथा शेयर सञ्चालन
  • जेनु थापा, प्रमुख मानव संसाधन
  • श्याम चन्द, प्रमुख सूचना तथा प्रविधि
  • अमित श्रेष्ठ, प्रमुख एसएमइ कर्जा तथा शाखा प्रबन्धक नयाँ सडक
  • बिपुल बहादुर रायमाझी, प्रमुख सञ्चालन तथा शेयर्ड डिस्ट्रिब्युसन नेटवर्क
  • युवराज गुरागाईँ, प्रमुख लघुवित्त कर्जा
  • प्रज्ञा पाण्डे, प्रमुख कर्पोरेट कर्जा
  • राजेश शर्मा, प्रमुख कर्जा प्रशासन तथा एनपीए व्यवस्थापन
  • शिलु अर्याल, प्रबन्धक निक्षेप तथा कर्पोरेट अफेयर्स
  • शम्भुबहादुर थापा, प्रबन्धक मुख्य शाखा तथा एटिएम सञ्चालन
  • रितेश लामिछाने, प्रमुख निक्षेप तथा शाखा प्रबन्धक जावलाखेल
  • अमत्र्य ओजस्वी उपाध्याय, शाखा प्रबन्धक वीरगन्ज
पहिलो वर्ष १ अर्ब ६३ करोड शेयर पुँजीका साथ सञ्चालन भएको बैङ्कमा शून्य दशमलव ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका १३ लगानीकर्ताहरू थिए जस मध्ये डा. दुमन सिंह थापा क्षेत्रीको सर्वाधिक १ करोड ९० लाख रुपैयाँ अर्थात् १ दशमलव १६ प्रतिशत शेयर स्वामित्व थियो। त्यस्तै शम्भु विक्रम थापाको ० दशमलव ९२ प्रतिशत, गोपाल खनालको ० दशमलव ७४ प्रतिशत र तुलसी राम पोखरेलको ० दशमलव ६७ प्रतिशत शेयर स्वामित्व रहेको थियो ।
 
शून्य दशमलव ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति/समूह/फर्म/कम्पनीको विवरण :
 
 
 
वि.स. २०६८ साल पौष २८ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा मेगा बैङ्क नेपालले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । पहिलो वर्षमै कम्पनीले ५ अर्ब ३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । स्थापनको छोटो समयमै बैङ्कले उत्साहजनक व्यापार गर्न सफल भएको थियो ।
 
२०६८ साल आषाढ मसान्तको वासलात
शेयर पुँजी : १ अर्ब ६३ करोड रुपैयाँ
जगेडा तथा कोषहरू : ८ करोड ७ लाख रुपैयाँ
निक्षेप : ५ अर्ब ३७ करोड रुपैयाँ
कर्जा, सापट तथा विल खरिद : ४ अर्ब ७६ करोड रुपैयाँ
 
मिति २०६७ श्रावण १ गते देखि २०६८ आषाढ ३२ गतेसम्मको नाफा नोक्सान हिसाब
खुद व्याज आम्दानी : २४ करोड ३४ लाख रुपैयाँ
सञ्चालन मुनाफा : ३ करोड ८२ लाख रुपैयाँ
खुद नाफा /नोक्सान : २ करोड ४३ लाख रुपैयाँ
 
 
हाल नेपाल इन्भेष्टमेण्ट बैङ्कसँग मर्जर प्रक्रियामा रहेको यो बैङ्कले २०७३ साल वैशाख १३ मा साबिकको पश्चिमाञ्चल डेभलपमेण्ट बैङ्क (नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्क), २०७५ साल वैशाख ३० मा टुरिजम् डेभलपमेन्ट बैङ्क (नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्क) र तत्पश्चात् २०७७ साल आषाढ २१ मा तत्कालीन गण्डकी विकास बैङ्क (नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्क) लाई मर्ज तथा प्राप्ति गरी हाल देशकै एक अग्रणी वाणिज्य बैङ्कको रूपमा सञ्चालन भई रहेको छ ।
 
आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्मको वासलात
शेयर पुँजी : १६ अर्ब १२ करोड रुपैयाँ
जगेडा तथा कोषहरू : ६ अर्ब ८५ करोड रुपैयाँ
निक्षेप : १ खर्ब ५३ अर्ब रुपैयाँ
कर्जा लगानी : १ खर्ब ४७ अर्ब रुपैयाँ
 
आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्मको नाफा नोक्सान हिसाब
खुद व्याज आम्दानी : ५ अर्ब ९१ करोड रुपैयाँ
खुद नाफा /नोक्सान : २ अर्ब ८३ करोड रुपैयाँ
 
 
बैङ्कको अहिलेको सञ्चालक र व्यवस्थापन समिति :
हाल मेगा बैङ्क नेपालको सञ्चालक समितिको अध्यक्षमा भोजबहादुर शाह हुनुहुन्छ भने अन्य सञ्चालकमा गोपाल खनाल, मदन कुमार आचार्य, मुक्तिराम पाण्डे, इन्द्र बहादुर मल्ल ठकुरी, बालकृष्ण सिवाकोटी र शिवा देवी काफ्ले हुनुहुन्छ।
 
 
त्यस्तै बैङ्कको उच्च व्यवस्थापन समितिमा रवीना देशराज श्रेष्ठले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली रहनुभएको छ भने वरिष्ठ उपमहाप्रबन्धकमा तुल्सीराम पोखरेल, प्रमुख कर्जा अधिकृतमा अमित श्रेष्ठ, प्रमुख जोखिम अधिकृतमा प्रज्ञा पाण्डे, प्रमुख सञ्चालन अधिकृतमा राजेश शर्मा, व्यवसाय विकास अधिकृत तथा प्रमुख एग्राे फाइनान्सिङ्गमा छबिन्द्रनाथ शर्मा,प्रमुख विश्व बजारमा डेनी श्रेष्ठ, प्रमुख दायित्व अधिकृतमा जेनु थापा र प्रमुख मानव संसाधनमा राजेन्द्र सुबेदी कार्यरत हुनुहुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
0.00%
50.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x