फर्स्ट माइक्राेफाइनान्स लघुवित्तको नाफामा ३८.३५ प्रतिशतको वृद्धि, ईपीएस कति?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३८.३५ प्रतिशतले बढेकाे छ । आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा लघुवित्तले १० कराेड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दाेस्राे त्रैमास सम्ममा लघुवित्तले १४ कराेड ४४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्सले १० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ८ अर्ब ७३ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३८ करोड १८ लाख रुपैयाँ रहेको छ।


फर्स्ट माइक्रोफाइनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ०.१७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ६८९.५० काे आधारमा मूल्य आम्दानी अनुपात २७.३८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x