वोमी लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिशेयर आम्दानी कति बढ्यो?

ज्ञानमाण्डू। वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६६६.८१ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४१ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको वोमी लघुवित्तले १ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै वोमी लघुवित्तले २ अर्ब १२ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २९ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

वोमी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८७.२६ प्रतिशतले बढेर ३२ करोड १० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.०८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा छ र मूल्य आम्दानी अनुपात ४१.५७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x