
ज्ञानमाण्डू।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बढाएको हो ।
हिजो माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको निगमले जनकारी दिएको छ ।
मुल्य विद्धि पश्चात् पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको नेपाल आयल निगमले उल्लेख गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढेको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ ।