ज्ञानमाण्डू। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १८.४६ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १९ कराेड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १६ कराेड ७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी लघुवित्तले ७ अर्ब ७२ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लक्ष्मी लघुवित्तले ४ अर्ब ४५ करोड २१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १६ करोड ४१ लाख रुपैयाँ रहेको छ।
लक्ष्मी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ५३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.२१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ५६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३४८ काे आधारमा मूल्य आम्दानी अनुपात ३२.२१ गुणा रहेको छ ।