यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू

ज्ञानमाण्डू।साताको तेस्रो करोबारी दिन धितोपत्र बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से १७ दशमलव ७९ अंकले घटेर २४२३ दशमलव ०९ को विन्दुमा कायम भएको छ । होटल र फाइनान्स बाहेक आज अरु क्षेत्रका उपसूचक सबै ओरालो लगेको देख्न सकिन्छ ।

आज कूल २ सय ७ सय वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५ सय ५५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १ अर्ब ४५ करोड ७ लाख ६३ हजार ७२५ मा खरिद बिक्री भयो । त्यस्तै, नेपाल बैंकको शेयर ५२ करोड ५३ लाख २८ हजार ४६९ बराबरको कारोबार भएको छ।

यता, शिखर इन्स्योरेन्सको २३ करोडमाथिको शेयर कारोबार भएको छ । पाल पुनर्बीमाको २० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकम र नागरिक लगानी कोषको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नबिल बैंक, सनराइज बैंक, नेशनल लाइफ र एन आइ सि एसिया बैंकको शेयर पनि आज सर्वाधिक कारोबार भएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x