नेपाल बङ्गलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड योजनाकाे सुरुवात

 nepal bangladesh bank

ज्ञानमाण्डू। नेपाल बङ्गलादेश बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र मकवानपुर गढी गाँउपालिका सहकारी समान्वय समितिको सहकार्यमा किसान कृषि लोन कार्ड योजनाकाे सुरु भएको छ ।

मकवानपुरगढीका साना किसानलाई पशुपन्छी पालन तथा कृषि उद्यम गर्न वित्तीय, प्रावधिक, बजार व्यवस्थापन लगायत कार्यमा सहजीकरण तथा समन्वय गर्न सहयोग गर्ने उद्देश्यले लोन कार्ड सुरु गरेकाे बैंकले जनाएको छ ।

नेपाल बङ्गलादेश बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिका सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईं र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले उक्त चौपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x