सोमबार नेप्सेमा ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कसको कति ?

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन डिस्टिलरीसहित मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजी इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र कामना सेवा विकास बैंकका बोनस शेयरहरु सूचीकृत भएका हुन्।

जस मध्य, हिमालयन डिष्टिलरीको २८ लाख ९२ हजार ३४१.२५ (५० प्रतिशत) कित्ता बोनस शेयर सूचीकृत भएको छ भने एनएलजी इन्सुरेन्सको ७ लाख १७ हजार २५५ (७ प्रतिशत) कित्ता, अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १६२ (५ प्रतिशत) कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

त्यस्तै, यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३.१७ (११.२५ प्रतिशत) कित्ता बोनस शेयर सूचीकृत हुँदा कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३.७९ (४.४० प्रतिशत) र लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० (१५ प्रतिशत) कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार ६ वटा कम्पनीको कुल १ करोड ५ लाख ९ हजार ५०५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x