प्राइम कमर्शियलको ऋणपत्रमा आवेदन दिने मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ आवेदन ?

ज्ञानमाण्डू।प्राइम कमर्शियल बैंक लिमिटेडद्वारा यही फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको भनिएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्रको निष्काशन मिति परिवर्तन भएको छ । प्राइम कमर्शियल बैंक लिमिटेडको उक्त ऋणपत्र अब फागुन २८ गतेदेखि खुला हुने भएको छ ।

बैंकले यसअघि बुधबार (फागुन १९ गते) देखि छिटोमा फागुन २३ गतेसम्म ऋणपत्र बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । तर प्राविधिक कारण उक्त मिति परिवर्तन गुर्नपरेको बैंकले सूचनामार्फत जानकारी गराएको छ । 

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक निष्कासन गरिने कुल १४ लाख इकाइको ऋणपत्रमध्ये पनि ५ प्रतिशतले हुन आउने ७० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १३ लाख ३० हजार इकाइ ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

उक्त ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। बैंकले उक्त ऋणपत्र वापत हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात वार्षिक ८ ।७५ प्रतिशतका दरले व्याज  भुक्तानी गर्नेछ। ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 

प्राइम कमर्शियल बैंकको यस ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासन अनुमति दिएको थियो। यस ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्रको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ । ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये ८४% कर्जा तथा सापट, १०% लगानी, १% शाखा विस्तार र ५% अन्यमा खर्च गर्ने योजना छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x