विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको कम्पनीले उल्लेख गरेको छ । कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक श्री सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल श्री ललिता चन्दले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।
यस सहकार्यबाट Bachelor of Business Administration-BBA, Bachelor of Information Management-BIM अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने कम्पनीले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।