ज्ञानमाण्डू।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि "रियल एक्टरु" हो भन्नुभएको छ ।
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, "मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।" उहाँले भन्नुभयो, "निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।"

वरिष्ठ उपाध्यक्ष ढकालले विरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गर्नुभयो ।
उहाँले यहाँका जति पनि समस्या र मुद्दाहरु छन् तिनलाई नियममनकारी निकायमा लग्नका लागि विरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गर्नभयो ।
नेपालमा कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशहरुको हिसाब गर्दा हामी १७५ स्थानमा रहेको पनि उहाँले जानकारी गराउनुभयो । त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा खेरी हामी १०८ औँ नम्बरमा परेको अवस्था रहेको उहाँले बताउनुभयो ।
देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल उद्योग वाण्ज्यि महासंघको सदस्यको रुपमा विरगन्ज उद्योग वाणिज्य संघले सक्रियरुपमा काम गरेको बताउनुभयो । हउाँले आगामी दिनमा विरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाई अझै सक्रिय रुपमा अगाडी बढाउने बताउनुभयो ।
त्यसैगरी व्यवसायिक गतिविधिलाई बढाउनको लागि कर तिर्ने वातावरणको हिसाबले १९० देशहरुका तुलनामा नेपाल १७५औं नम्बरमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, "लजिस्टिककको हिसाबले हेर्दा ११४ देशहरुलाई तुलना गर्दा नेपाल १०८औं नम्बरमा परेको थियो भने सडक संजालमा १०१ औं स्थानमा रहेको छ ।" साथै गुणस्तरको हिसाबले १२० औं नम्बरमा परेको अवस्था स्पष्ट पार्नुभयो ।

यस तथ्याकंले व्यवसायिक गतिविधिलाई बढाउनको लागि धेरै पछाडी रहेको उहाँको तर्क थियो । उहाँले देशमा लगानीको वातावरण निर्माण गर्न र निजी क्षेत्रमैत्री नीतिको अख्तियार गर्न देशका तीन तहका सरकारले सहज र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
तीन तहको सरकारको मेकानिजम दशेमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ ।
यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस् उहाँले भन्नुभयो ।