धितोपत्र बजारमा २.५६ अङ्कको वृद्धि, नेप्से २३९१.७४ को विन्दुमा



ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकाेहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ५६ अंकले बढेर २३९१ दशमलव ७४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ४४ अंकले बढेर ४३० दशमलव ४९ को विन्दुमा पुगेको छ ।



आज कूल २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता शेयर रु ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ मध्ये मात्र ७ उपसमूहको शेयर वृद्धि भएको छ । ट्रेडिङ उपसमूह ७२.५९ अङ्कले घट्दा विकास बैंक २.३५ अङ्कले, जलविद्युत् उपसमूह ३१ दशमलव ८३ अङ्कले, निर्जीवन बीमा ६२.६ अङ्कले, अन्य २०.११ अङ्कले र सामूहिक लागनी कोष ०.०१ अङ्कले घटेका छन् । त्यस्तै, यता बैंकिङ उपसमूह ३ दशमलव ६७ अङ्कले बड्दा होटल तथा पर्यटन उपसमूह ८६ अङ्कले, वित्त १.२१ अङ्कले, उत्पादन २३.२५ अङ्कले, लघुवित्त २७.३६ अङ्कले, जीवन बीमा २३०.२९ अङ्कले बढेको छ भने लगानी उपसमूह ० दशमलव २ अङ्कले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x