
सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको प्रवक्ता खड्काले उल्लेख गरिन् । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।
निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।रासस