सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज मंगलबार (चैत्र १० गते) अन्तिम दिन


ज्ञानमाण्डू। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर(आईपीओ)मा आवेदन दिने आज मंगलबार (चैत्र १० गते) अन्तिम दिन हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ चित ३ देखी सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

बिक्री प्रबन्धकका अनुसार सोमबार(चैत्र ९) साँझ ५ बजे, कार्यालय समय सम्म १२ लाख २२ हजार ८३२ जना लगानिकर्ताले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ९७ हजार कित्तालाई आधार मान्दा ७.१४ गुणा बढी आवेदन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आफ्नो जारी पूँजी रु. १,४५,००,००,०००/- (अक्षरेपी रु. एक अर्ब पैतालीस करोड) मध्ये १० प्रतिशत अर्थात् रु. १४,५०,००,०००/-(अक्षरेपी रु.चौध करोड पचास लाख) रकम बराबरको रु. १००/- अंकित दरका १४,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतीपत्रको आधारमा आयोजना प्रभावित क्षेत्र छुट्टाइएको कम्पनीले जनाएको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्नो जारी पूँजी एक अर्ब पैतालीस करोड रुपैंयाको २० प्रतिशत अर्थात् रु.२९,००,००,०००/-(अक्षरेपी रु. उनान्तीस करोड) रकम बराबरको रु.१००/-अंकित दरको २९,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १,४५,००० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८,००० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यको दरले सर्वसाधारणहरुको निष्काशनमा ल्याएको २९,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत सामुहिक लगानी कोष र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरि बाँकी रहेको २६,९७,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशनमा ल्याएको हो।

कम्पनीको आईपीओमा आज चैत्र १० गते कार्यालय समय सम्ममा आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर (“CARE-NP BB-(IS)”) रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको(Moderate risk of default regarding timely servicing of financial obligation) संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x