वर्डक्याम्प पोखरा यहि मंसिर २१ र २२ मा

ज्ञानमाण्डू।वर्ड प्रेस पोखराको आयोजनामा वर्ड प्रेस सम्बन्धी सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प पोखरा २०१९’यही मङ्सिर २१ र २२ (डिसेम्बर ७ र ८) गते हुने भएको छ । दुई दिने यस कार्यक्रमको पहिलो दिन अर्थात् २१ गते पोखराको बिरौटा स्थित होटेल पोखरा ग्रान्डमा आयोजना हुने  छ भने कार्यक्रमको दोस्रो दिन अर्थात् २२ गते रानिपौवा स्थित इन्फमेटिक्स कलेजमा समापन हुने कार्यक्रम संयोजक पितम बहादुर सेनले जानकारी दिए ।

करिब १० लाखको लागतमा हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।कार्यक्रममा भाग लिनका लागि रु.१५०० शुल्क निर्धारण गरिएको छ सो शुल्क आगामी मङ्सिर ३० गते भित्र नाम दर्ता गर्नेहरूको लागि तोकिएको छ र सो भन्दी पछि पनि नाम दर्ता गर्न सकिने तर शुल्क रु.२००० लाग्ने आयोजकले जनाएको छ ।निर्धारित शुल्कमा विभिन्न प्रशिक्षणसँगै कार्यक्रम अवधिभर खाजा, खाना, टि–सर्ट एवं अन्य आकर्षक पुरस्कारहरूको व्यवस्था गरिने जनाइएको छ । 

उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका प्रशिक्षकहरूबाट सूचना प्रविधिका विभिन्न विषयमा विज्ञहरूद्वारा प्रशिक्षण तथा सामूहिक छलफल हुने र दोस्रो दिन योगदान दिवस जसमा वर्ड प्रेसका विभिन्न विधाहरूमध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयहरूमा कार्यशाला हुने आयोजकले जनाएको छ ।

आयोजित कार्यक्रमबाट वर्डप्रेसमा व्यावसायिक रूपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनी, सूचना प्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्ड प्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने छ ।

वर्ड क्याम्प विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्ड क्याम्प कार्यक्रम भएको थियो । नेपालमा भने सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । राजधानी बाहिर पहिलो पटक वर्ड प्रेस पोखराले सन् २०१८ मा कार्यक्रम गरेको थियो । पोखरामा यो कार्यक्रम दोस्रो पटक हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x