साताको पहिलो कारोबारी दिन ७५.७९ अंकले घट्यो नेप्से, ७ अर्ब माथिको कारोबार


ज्ञानमाण्डू। स़ाताको पहिलो कारोबारी दिन २ दशमलव ८६ प्रतिशतले घटेको धितोपत्र बजार शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २५७२ दशमलव २२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ५६ अंकले घटेर ४६४ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबारी दिन अर्थात् बिहिबार नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २६४८ को विन्दुमा कायम भएको थियो। यता सेन्सेटिभ परिसूचक ३ दशमलव २१ अंकले बढेर ४७६ दशमलव ६० को विन्दुमा पुगेको थियो ।


अघिल्लो कारोबारी दिन अर्थात् बिहिबार कूल २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर रु ५ अर्ब ९१ करोड ८१ लाख ३९ हजार ८८८ मा खरिद बिक्री भएका थिए । आज आईतबार स़ाताको पहिलो कारोबारी दिन, कूल २१५ कम्पनीका १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर रु ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६१ अर्ब ८७ करोड २८ लाख ७५ हजार बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये अधिकांश उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४२ दशमलव ६५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ११३ दशमलव ५५ अङ्क ले, होटल तथा पर्यटन उपसमूह २२० दशमलव २७ अ ङ्कले, विकास बैंक उपसमूह ८६ दशमलव ३४ अङ्कले, जलविद्युत उपसमूह ११२ दशमलव ४१ अङ्कले, वित्त उपसमूह ४३ दशमलव ७७ अङ्कले, निर्जीवन बीमा उपसमूह ४४० दशमलव ८७ अङ्कले, उत्पादन उपसमूह १३६ दशमलव २१ अङ्कले, अन्य उपसमूह ४७ दशमलव १३ अङ्कले, लघुवित्त उपसमूह १६० दशमलव ६५ अङ्कले, जीवन बीमा उपसमूह ४६० दशमलव ०४ अङ्कले, सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह ३ दशमलव ३५ अङ्कले घटेको छ।


कारोबारको आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । आज निफ्राको ३९ करोड ५२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै, ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको ३३ करोड ८५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ८५ प्रतिशतले घटेको छ ।

आज अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको २५ करोड ९७ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज नबिल बैंक लिमिटेडको २० करोड ९७ लाख रुपैयाँ माथिको र एनअईसी एशिया बैंक लिमिटेडको २० करोड ५६ लाख माथिको शेयर कारोबार भएको छ।


आज कुमारी बैंक लिमिटेडको संस्थापक शेयरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यता, महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्। यता कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् भने मिर्मिरे माइक्रोफाइनान्स डेभेलप्मेन्ट लिमिटेडका लगानीकर्ताले ३ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन्।


आज चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ८ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् । यता नारायणी डेभेलप्मेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् भने रिडी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै , युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x