तेस्रो त्रैमाससम्मकै रफ्तार कायम रहे यो वर्ष कति दिन सक्लान् वाणिज्य बैङ्कहरूले लाभांश ?


-उत्सव ढकाल

ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास सम्मको त्रैमासिक प्रतिवेदनलाई हेर्दा वाणिज्य बैङ्कहरूकाे वित्तीय विवरणहरू उत्साहजनक देखिन्छ। तेस्रो त्रैमास सम्मको अवधिमा २७ वटा वाणिज्य बैङ्कहरू मध्ये ३ वटा वाणिज्य बैङ्कहरू बाहेक सबैले १ अर्ब माथि खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । 

वाणिज्य बैङ्कहरूले एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्दा वितरणयोग्य मुनाफा पनि सार्वजनिक गर्ने गरेका छन्। यदि वाणिज्य बैङ्कहरूले तेस्रो त्रैमास सम्मको वितरणयोग्य मुनाफालाई असार मसान्त सम्म निरन्तरता दिन सक्ने हो भने वाणिज्य बैङ्कहरू मध्ये नबिल बैङ्कले आफ्ना शेयरधनिहरूलाई सर्वाधिक ३७ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता राख्नेछ अर्थात् नबिल बैङ्कको चैत्र मसान्तसम्मको ३ अर्ब ८० करोड वितरणयोग्य मुनाफालाई वार्षिककरण गर्दा नबिल बैङ्कले आफ्ना शेयरधनीहरूलाई ३७ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ ।

त्यसै गरी आफ्ना शेयरधनीहरूलाई सानिमा बैङ्कले १९ प्रतिशत सम्म, प्रभु बैङ्क र एनएमबि बैङ्कले करीव १९ प्रतिशत, प्राइम कमर्सियल बैङ्कले १८ प्रतिशत सम्म, कृषि विकास बैङ्कले १७ प्रतिशत सम्म, एभरेष्ट बैङ्क, ग्लोबल आइएमई बैङ्क र  नेपाल बैङ्कले करीव १६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्ने देखिन्छ भने सिटिजन्स बैङ्क इन्टरनेसनलले १५ प्रतिशत सम्म, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल र नेपाल बङ्गलादेश बैङ्कले करीव १५ प्रतिशत, एनआईसी एशिया बैङ्कले १४ प्रतिशत सम्म, माछापुच्छ्रे बैङ्कले १२ प्रतिशत सम्म, बैङ्क अफ काठमाण्डू, मेगा बैङ्कले करीव १२ प्रतिशत, एनसीसी बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्कले ११ प्रतिशत सम्म, हिमालयन बैङ्कले करीव ११ प्रतिशत, लक्ष्मी बैङ्क र सिद्धार्थ बैङ्कले १० प्रतिशत सम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

कुमारी बैङ्कले करीव १० प्रतिशत, नेपाल एसबिआई बैङ्कले ६ प्रतिशत सम्म, सिभिल बैङ्कले करीव ५ प्रतिशत, सनराइज बैङ्कले ४ प्रतिशत सम्म र सेञ्चुरी कमर्सियल बैङ्कले ३ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ।

नोट: सम्बन्धित बैंकहरूकाे चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास सम्मको वितरणयोग्य मुनाफालाई वार्षिककरण गरी लाभांशकाे आकलन गरिएकाेछ, चौथो त्रैमासमा सम्बन्धित बैंकहरूकाे वितरणयोग्य मुनाफा फरक पर्न सक्ने र साेका आधारमा लाभांश वितरण क्षमतामा  पनि फरक पर्न सक्ने छ।
 
*राष्ट्रिय वाणिज्य बैङ्क शेयर बजारमा कारोबार नहुने हुँदा समावेश गरिएको छैन ।
 

प्रयोग भएको सूत्र :

वार्षिक वितरणयोग्य मुनाफा = (चैत्र मसान्त सम्मको वितरणयोग्य मुनाफा )*४/३

वार्षिक लाभांश दिने क्षमता = वार्षिक वितरणयोग्य मुनाफा/हाल कायम शेयर सङ्ख्या

हाल कायम शेयर सङ्ख्या = शेयर पुँजी /अङ्कित मूल्य (१००)

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x