अपी पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन पछिको भाउ कति ?



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार, बैशाख २९ गते, एक इन्स्योरेन्स कम्पनी र एक हाइड्रो गरि दुई कम्पनीको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अपी पावर कम्पनी लिमिटेडको बोनस शेयर र हकप्रद पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७२० रुपैयाँ निर्धारण भएको छ।


सोही मूल्यलाई आधार मानेर बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ७७० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

एभरेष्ट इन्स्योरेन्स संगै, नेप्सेले बुधबार अपी पावर कम्पनी लिमिटेडको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात अपी पावर कम्पनीको शेयरमूल्य २९६ रुपैयाँ निर्धारण भएको छ।


सोही मूल्यलाई आधार मानेर बुधबार अपी पावर कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ३५३ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x