
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २४ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात आईतबार जेठ २३ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा गिरावट आएसँगै चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन आईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।