प्रभु बैंकको नाफा १ अर्ब ८ कराेड


ज्ञानमाण्डू। प्रभु बैंकको नाफा ४.२२ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब ४ करोड १८ लाख १५ हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ८ कराेड ५७ लाख ७४ हजार नाफा कमाएको देखिन्छ ।

१० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैंकले १ खर्ब १५ अर्ब ५० करोड ३ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७१ करोड ६४ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ८५ करोड ४९ लाख ३१ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ५ कराेड ६२ लाख ८८ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.१२ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ७१ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ३.१२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा छ र मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू १०,३१,५५,०७
निक्षेप संकलन
रू १,१५,५०,०३,५६
कर्जा लगानी
रू ९४,७१,६४,१४
खुद ब्याज आम्दानी
रू २,४५,७१,६३
नाफा/(नाेक्सान)
रू १,०८,५७,७४
जगेडा कोष
रू ३,८५,४९,३१
संचित मुनाफा
रू १,०५,६२,८८
निष्कृय कर्जा
३.१२%
प्रतिशेयर आम्दानी
२१ रुपैयाँ ५ पैसा
प्रतिशेयर नेटवर्थ
१४७ रुपैयाँ ६१ पैसा
आम्दानी अनुपात
११.३५ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x