४ अर्ब अधिक नाफा कमाएको ग्लोबल आइएमई बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। ग्लाेबल आइएमई बैङ्कको नाफा ४१.८७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ९० कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ४ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२१ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लाेबल आइएमई बैङ्कले २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब २० करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ८५ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढेर ९ अर्ब रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २ अर्ब ७६ कराेड रुपैयाँ रहेकाे छ अर्थात ग्लाेबल आइएमई बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १२.७६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.४२ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८७.५० काे आधारमा मूल्य आम्दानी अनुपात २५.५५ गुणा रहेकाे छ ।
global ime bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x