जाल्पा सामुदायिक लघुवित्तकाे खुद ब्याज आम्दानीमा ३६.२२ प्रतिशतकाे वृद्धि

Jalpa Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.२२ प्रतिशतले बढेर ३५ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

जाल्पा सामुदायिक लघुवित्तको नाफा ४.६४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १० कराेड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ कराेड ८६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको जाल्पा सामुदायिक लघुवित्तले ५ अर्ब ५ कराेड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तले १ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४७ करोड २६ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.३२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २८५० काे आधारमा मूल्य आम्दानी अनुपात ४६.२२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x