धितोपत्र बजारमा ५.७४% को वृद्धि, १६१.९४ अंकले बढेको नेप्से परिसूचक २८१८.७३ को विन्दुमा कायम


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक भारि अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६१ दशमलव ९४ अंकले बढेर २९८० दशमलव ७९ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक १६१ दशमलव ९४ अंकले बढ्दा धितोपत्र बजारमा ५ दशमलव ७४ पतिशतको वृद्धि आएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ३१ दशमलव ४१ अंकले बढेर ५५३ दशमलव ४० को विन्दुमा पुगेको छ ।


आज कूल २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर रु ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार १०१ रुपैंया २ पैसा बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर मध्ये अधिकांश उपसूचकहरु उकालो लागेका छन् । बैंकिङ उपसमूह ७८ दशमलव २ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १३३ दशमलव ०३ अङ्कले, होटल तथा पर्यटन उपसमूह १९४.८३ अङ्कले, विकास बैंक उपसमूह ५०३.३६ अङ्कले, जलविद्युत उपसमूह २८३.५ अङ्कले, वित्त उपसमूह २५६.२२ अङ्कले, निर्जीवन बीमा ६४३.६३ अङ्कले, उत्पादन उपसमूह ३९८.११ अङ्कले, अन्य उपसमूह १५०.२५ अङ्कले, लघुवित्त उपसमूह २४१ अङ्कले, जीवन बीमा ८१७.४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १७ अङ्कले र लगानी उपसमूह ६ दशमलव ६७ अङ्कले बढेको छ ।

जसमध्ये विकास बैंक, जलविद्युत र वित्त उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ८.३८ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।



कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। उक्त कम्पनीको शेयर मूल्य धितोबजारमा आज ९.९९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको २६ करोड अधिकको कारोबार भएको छ। उक्त कम्पनीको शेयर मूल्य धितोबजारमा आज ६.०९ प्रतिशतले वृद्धि भएको छ।



नेप्से उच्च दरमा बढेको दिन ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। कारोबारमा आएका २२४ कम्पनीमध्ये जम्मा ८ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x