झिनो करेक्सन हुँदा नेप्सेमा सर्वाधिक कारोबार भएका कम्पनीहरु कुन कुन हुन् ?


ज्ञानमाण्डू। साताको अन्तिम कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक निकै सानो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव ६२ अंकले घटेर २८७५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ६२ अंकले घट्दा धितोपत्र बजारमा ०.०२ प्रतिशतको गिरावट आएको छ।

आज कूल २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर रु ७ अर्ब ०५ करोड ०७ लाख ७० हजार ०७० मा खरिद बिक्री भए । आजको कारोबार पश्चात कुल बजार पुँजीकरण ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६० हजार हाराहारी पुगेको छ।

बिहिबार कारोबार भएका कूल १३ उपसमूह मध्ये ९ उपसमूहको शेयरमूल्य ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह शुन्य दशमलव ६ अङ्कले बढ्दा जलविद्युत ६२ दशमलव ७५ अङ्कले, जीवन बीमा उपसमूह ५९.३८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १७ अङ्कले बढेको छ भने अन्य सबै उपसमूह ऒरलो लागेका छन्। यस दिन, सबैभन्दा धेरै हाइड्रोपावरको उपसमूह १.९१ प्रतिशतले बढेको छ भने सबैभन्दा ठुलो गिरावट वित्त अथवा फाइनान्स उपसमूहमा देखिएको छ ।

साताको अन्तिम कारोबारी दिन धितोपत्र बजारमा गिरावट आउँदा रिडी हाइड्रोपावरमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २ सय २३ रूपैयाँ बराबरको कारोबार भएको छ भने कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा ५.२६% ले घटेको छ।

त्यसैगरी, सबैभन्दा बढी कारोबार भएको अर्को कम्पनी आरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि ४८ करोड ८५ लाख ६३ हजार ९ सय ५ रूपैयाँ बराबरको कारोबार भएको छ भने कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा ४.२४% ले वृद्धि भएको छ। यता, रैराङ्ग हाइड्रोपावर कम्पनीको ३३ करोड माथिको, युनाइटेद मोदी हाइड्रोपावर कम्पनीको ३१ करोड माथिको, हिमालयन पावर पार्टनरको १९ करोड माथिको, अपि पावरको १६ करोड माथिको र आइसीएफसी फाइनान्सको पनि १६ करोड माथिको कारोबार भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x