नेपाल बैङ्कको आकर्षक लाभांश प्रस्ताव, हेर्नुस् कति दिँदै छ बोनस र नगद लाभांश


ज्ञानमाण्डू।नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक ७ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १७ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको १४ प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा ३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने नेपाल बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपाल बैंक लिमिटेडले १२ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ४ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x