स्वस्थ्य जीवन प्रवर्द्धन अभियान शुरु

ज्ञानमाण्डू।इलामको रोङगाउँबाट स्वस्थ्य जीवन प्रवर्द्धन अभियान सुरु भएको छ । 

प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो अभियानअन्तर्गत जीवनशैली परिवर्तनका लागि योग तथा आयुर्वेदको प्रयोग, टोल समुदाय सरसफाइ, मातृ शिशु सुरक्षा, पोषणमा स्थानीय उत्पादनलाई जोड दिने खालका कार्यक्रम समावेश गरिएको छ । त्यस्तै अभियानअन्तर्गत नै सुर्ती जन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ । 

पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढी भएका कारण यससँग सम्बन्धित जानकारीसमेत सो अवसरमा गराइने छ । नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिवर्तनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सूचक प्राप्तिका लागि स्वास्थ्य प्रवर्द्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान सुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताए । रोङ गाउँपालिकाको ३ नं वडाबाट सोमबार यस कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो । 

अभियानअन्तर्गत प्रतिबद्धता पत्रमा गाउँपालिकाका अध्यक्ष शमशेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्य कर्मी, सञ्चार कर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताएका छन् । यसै कार्यक्रमअन्तर्गत सात दिने स्वास्थ्य शिविरसमेत सुरु गरिएको छ । शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफैँ सामान्य बिरामीको जाँच गर्न सक्नेजस्ता पद्धति स्थानीयवासीलाई जानकारी गराइने बताइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x