
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ६ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

साेमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ ।