ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले MBL CARDLESS WITHDRAWAL सेवा संचालनमा ल्याएको छ ।
हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी CARDLESS WITHDRAWAL Option मा गई बैंकको ATM बाट नगद झिक्न सक्नेछन् ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेकाे छ ।