सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा २ सय रुपैयाँ बढ्यो



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ६ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
 


अघिल्लो कारोबारी दिन अर्थात अईतबार मंसिर ५ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x